निषेधाज्ञाका बेला नाम चलेका ‘खतरा’ जुवाडेको टोली काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारमा प्रहरीले छापा हानेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

३६ वर्षीय दावा शेर्पाको घरमा जुवातास खेलीरहेको अवस्थामा दावा लगायत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार २ सय २० रुपियाँ तथा भारतीय रुपियाँ १ हजार, २१ बुक तास र ८ सेट क्वाईन गोटीसहित फेला पारी पक्राउ गरेको छ ।

Published : Sunday, 2020 August 30, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया