धरानमा ‘टोले गुण्डा’हरूको ग्याङ पक्राउ

धरान । सुनसरी जिल्लाको धरान उपमाहानगरपालिका–१५ बगरकोटस्थित सेउती खोलाको पुल नजिकबाट खुकुरी, छुरी लगायतका धारिलो हतियार लिई त्रास फैलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिकारू१५ बस्ने २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनीष भुजेल रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरू ‘टोले गुण्डा’का रुपमा परिचित छन् ।

धरान उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन बिश्वकर्मालाई खुकुरी र चक्कु देखाई कुटपिट गरेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई त्रसित तुल्याइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

Published : Wednesday, 2020 August 26, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया