सर्लाहीमा आमाको हत्या गर्ने राजवीर पक्राउ

लालबन्दी । सर्लाही जिल्ला आफ्नी आमाको हत्या गर्ने राजवीर पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका–२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजवीरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

राजवीरले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

टाउकोमै चोट लागेर गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनीषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।

घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजवीरलाई पक्राउ गरेको थियो ।

Published : Sunday, 2020 August 23, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया