ललितपुरमा तासको अड्डामा छापा, ११ जना पक्राउ

लगनखेल । ललितपुर जिल्लाको इसिमोडमा तास खेल्ने एघार जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२३ इसिमोडस्थित राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेको अवस्थामा महर्जनसहित ११ जनालाई शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार रुपियाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

Published : Sunday, 2020 August 23, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया