ललितपुरको झाडीमा लगेर किशोरी बलात्कार

लगनखेल । ललितपुर जिल्लामा १३ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्दि बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ कलिया घर भएका लोकेन्द्रसिंह भण्डारीलाई शनिबार राति पक्राउ गरेको हो ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ती युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 August 23, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया