निषेधाज्ञाका बेला १६ लाखले भरिएको झोला फेला

बारा । निषेधाज्ञाका बेला प्रहरीले बारा जिल्लामा स्रोत नखुलेको १६ लाख रुपियाँ बरामद गरेको छ ।

शनिबार बिहान महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकमा प्रहरीले १६ लाख नेपाली रुपियाँले भरिएको झोला बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी तेलकुवाबाट खटिएको चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा पश्चिम बेनौली चोकतर्फबाट आएका मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा झोलामा रकम फेला परेको थियो ।

मोटरसाईकल चालक झोला फालेर भागेका थिए । झोला नियन्त्रणमा लिई हेर्दा नेपाली रू.१ हजार दरको ७६२ थान र ५ सय दरको १६७६ थान गरी जम्मा नेपाली रूपिया १६ लाख फेला परेको प्रहरीले जनाएको छ ।

पैसाको झोला फालेर भागेको मोटरसाईकलको खोजतलास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 August 22, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया