काठमाडौंबाट दुई टोले गुण्डाहरू पक्राउ

काठमाडौं । काठमाडौंमा महानगरीय अपराध महाशाखाले दुई जना युवालाई हतियारसहित पक्राउ गरेको छ।

गोंगबुको माछापोखरीबाट नुवाकोटको शिखरबेसीका विकेश पण्डित र लिलु गाउँपालिकाका अमर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महाशाखाका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले बुधबार पण्डितलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली बरामद गरिएको थियो ।

पण्डितलाई सोधपुछ गर्दा आफूलाई नुवाकोट लिपु गाउँपालिकाका तामाङले हतियार ओसारपसार गर्न लगाएको बताएका छन् ।

सोही आधारमा महाशाखाका प्रहरी निरीक्षक भोलाकुमार भट्टको नेतृत्वमा प्रहरी टोली नुवाकोट पुगेको थिए ।

तामाङ घरबाट पक्राउ परेको र उनीहरू महानगरीय प्रहरी परिसर, टेकुको नियन्त्रणमा रहेको जनाइएको छ ।

तामाङ घले डाँका मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् । उनी ०७६ फागुन १२ गते थुना मुक्त भएका थिए ।

Published : Thursday, 2020 August 20, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया