के अपराध गरिन् यी २९ वर्षीया युवतीले ? काठमाडाैंमा पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले ठगीको अभियोगमा काठमाडौंबाट एक जना युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले २९ वर्षीया शारदा मगरलाई बुधबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । झापा जिल्लाको शान्तिनगर नगरपालिका वडा नं. ६ स्थायी घर भइ मगर नयाँ बानेश्वरमा बस्दै आएकी थिइन् ।

मगरले सिन्धुपाल्चोक जिल्ला घर भई हाल नयाँ वानेश्वर बस्ने रमिता रञ्जित श्रेष्ठलाई ४ लाख ३६ हजार बराबरको सुनका गरगहना ठगी गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरबाट ठगिएपछि श्रेष्ठले प्रहरीमा उजुरी दिएकी थिइन् ।

मगरले श्रेष्ठसँग सुनको सिक्री डेढ तोला थान– १, सुनको लकेट ५४ लालको थान–१, सुनको ब्रासलेट १ तोला ५२ लालको थान– १, हीराको औँठी थान– १, सुनको औँठी ३५ लालको थान– १ ठगी गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 August 13, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया