काठमाडाैंमा क्रिकेट र फुटबलकाे ठूलाे सट्टाबाजी, नाइके पक्राउ

काठमाडौं । काठमाडाैंमा अवैध रुपमा विद्युतीय उपकरणका साधनहरू मोबाइल र ल्यापटप प्रयोग गरी क्रिकेट, फुटबल लगायतका विभिन्न खेलहरूमा पैसाको सट्टाबाजी गर्ने पवनकुमार डालमियाँ पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने भारत राजस्थान घर भएका ५० वर्षीय डालमियाँलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले डालमियाँलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपियाँ, १९ हजार ३ सय भारतीय रुपियाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको छ ।

Published : Wednesday, 2020 August 12, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया