गोंगबु हत्याकाण्डमा संलग्न महिला पक्राउ, हत्या भएको घरपनि भेटियो

काठमाडौं । काठमाडौंमा हत्या गरेर फ्याकिएका व्यक्ति दाङ जिल्ला निवासी कृष्णबहादुर बोहरा रहेको खुलेको छ ।

हत्याको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चितवन जिल्लाको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको छ । अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको खुलेको छ ।

काठमाडौंको गोंगबु गणेशस्थानमा बोहरालाई हत्या गरेर आइतबार बिहान सुटकेरमा राखेर फ्याएिको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सुटेसमा टाउको र खुट्टा थिएन । सुटकेस फ्याकिएको स्थानभन्दा तीन सय मिटर टाढा टाउको र खुट्टा भेटिएको थियो ।

पाँच वटा टोली बनाएर अनुसन्धानमा खटिएको महानगरीय अपराध महाशाखा काठमाडौंले बोहराको हत्या भएको सम्भावित घर फेला पारेको छ ।

घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिएका छन् । प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको कार्कीले बताए ।

आइतबार बिहान टाउको र खुट्टा बिनैको शव सुटकेशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।

Published : Monday, 2020 August 10, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया