गोदावरी नगरपालिकाद्वारा खेलाडी र प्रशिक्षकहरू सम्मानित

चापागाउँ । नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरूलाई गोदावरी नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

बुधबार नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा सागमा विजयी खेलाडी तथा प्रशिक्षकहरूलाई प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणाले सम्मान गरेका हुन् ।

पूर्वराज्यमन्त्री समेत रहेका राणाले खेलाडीहरूको सम्मान भयो भने मात्रै देशको सम्मान हुने बताएका छन् ।

मेयर गजेन्द्र महर्जनले सम्मानित खेलाडीहरूलाई बधाइ दिए । उनले १३औँ सागमा ललितपुर जिल्लाले पदकमा योगदान दिएको भन्दै प्रशंसा गरेका थिए ।

सम्मानित हुने खेलाडीमा वडा नम्बर ५ का निकेश श्रेष्ठ रहेका छन् । उनले नगद १ लाख प्राप्त गरेका छन् ।

प्रशिक्षकहरू वडा नम्बर ११ का कुमिते प्रशिक्षक दीपक श्रेष्ठ र वडा नम्बर १२ का काता प्रशिक्षक गंगाराम महर्जनलाई जनही नगद २ लाखसहित सम्मानित गरिएको छ ।

१३ औं सागमा नेपालले उसुतर्फ ५ स्वर्ण र करातेमा १० स्वर्ण पदक प्राप्त गरेको थियो ।

Published : Wednesday, 2020 June 24, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया