दाङमा आइतबार ९ जनामा कोरोना पोजेटिभ

घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार भएको नमूना परीक्षणमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवद्वारा जारी विज्ञप्तिअनुसार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टाइन ५ र जनता सेकेण्डरी स्कुल गढवाको क्वारेन्टाइनमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २० वर्षका १ जना, वडा नम्बर १५ का ३२ वर्षका १ जना, वडा नम्बर १६ का १८, २० र २३ वर्षका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षका १ जना, गढवा गाउँपालिका वडा नम्बर ७ का २४ वर्षका १ जना, लमही नगरपालिकाको वडा नम्बर १ का ४० वर्षका १ जना र राप्ती गाउँपालिकाका ३६ वर्षका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको देवले बताए ।

Published : Sunday, 2020 May 31, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया