कांग्रेस नेता एवम् तरुण दलका पूर्व केन्द्रीय सदस्य चौधरीको निधन

काठमाडौं । नेपाली कांग्रेस कैलालीका नेता रामसमझ चौधरीको निधन भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका ५५ वर्षीय चौधरीको आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

स्व.चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘कैलालीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य रामसमझ चौधरीको असामयिक निधनले मलाई अत्यन्त दुखित बनाएको छ’, देउवाले भनेका छन् ।

‘स्व.चौधरीले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो’, देउवाले भने, ‘उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

सभापति देउवाले चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

चौधरीको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति देउवाले समवेदना प्रकट गरेका छन् ।

Published : Sunday, 2020 May 31, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया