आइतबार १६६ जनामा कोरोना पोजेटिभ, एक महिला डिस्चार्ज

काठमाडौं । नेपालमा आइतबार कोरोना भाइरसका १६६ जना संक्रमित भेटिएका छन् । जसमध्य १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पोखरामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको जानकारी दिए । डा.देवकोटाका अनुसार तनहुँ जिल्लाको रिसिङका २८ वर्षीय पुरुषमा पोजेटिभ आएको छ । स्याङजाको गल्याङका २७ र ४० वर्षीय पुरुषमा पनि पोजेटिभ आएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । पर्साको पटेरवा सुगौली क्वारेन्टाइनका रहेका छन् । २२ देखि ३६ पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनाको पोजेटिभ आएको छ । तीमध्ये १३ जना कालिकोटको शुभकालिकाका रहेका छन् । १९ देखि ५२ वर्षका पुरुषहरू रहेका छन् ।

कालिकोटकै महवइका ५ जना रहेका छन् । २० देखि ४२ वर्षका पुरुष रहेका छन् । दैलेखको दुल्लुका ३५ वर्षीया पुरुष रहेका छन् । दैलेखकै नारायण नगरपालिकाका ९ जना १६ देखि ४८ वर्षका परुष रहेका छन् ।

दैलेखकै सिम्दाका २६ वर्षीय पुरुष रहेका छन् । दैलेखकै देवलकानका ५ जना १८ देखि २२ वर्षीय पुरुष रहेका छन् । दैलेखकै रातापानीका ३८ वर्षीय पुरुष रहेका छन् । दैलेखकै सादुका २२ वर्षीय पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराको जुजुनाथका ४० वर्षीय पुरुषको पनि पोजेटिभ आएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ । सल्यानको कुभिण्डेका २५ जना ११ देखि ६० वर्षका पुरुष रहेका छन् । सुर्खेत बराहातालका ४ महिने बालिका रहेकी छिन् ।

धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराजका ३२ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । बाँकेको नरैनापुरका २१ र २५ वर्षीय पुरुष रहेका छन् । बाँकेको खजुराका ३० वर्षीय पुरुष रहेका छन् ।

नेपालगञ्जका १६ देखि ४२ वर्षका ४ जना पुरुष रहेका छन् । बाँकेको बैजनाथका ३५ वर्षीय पुरुष रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ । सप्तरीको राजगढका १७ देखि ४५ वर्षका पुरुष रहेका छन् ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । कैलालीको भजनीका २३ वर्षीय पुरुष रहेका छन् । कैलालीको जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुष रहेका छन् । कैलालीको त्रिनगर क्वारेन्टाइनका ४७ वर्षीय पुरुष रहेका छन् । बाजुराको अस्पतालमा रहेकी दुई वर्षीया बालिका र २३ वर्षीया महिलाको पोजेटिभ आएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । झापाको गौरीगञ्जका २३ देखि ३९ वर्षका पुरुष रहेका छन् । विराटनगरका ४५ वर्षीया महिला रहेकी छिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा पोजेटिभ आएको छ । धनुषाको मुखियापट्टि क्वारेन्टाइनका १९ देखि ४६ वर्षका २१ जना रहेका छन् । कपिलवस्तुको महाराजगञ्जका २५ देखि ४१ वर्षका पुरुष रहेका छन् । रौतहटको क्वारेन्टाइनका ४, ९ र १२ वर्षका बालकदेखि ५२ वर्षसम्मका २९ जना पुरुष रहेका छन् । सर्लाहीका १० जना रहेका छन् । १ वर्षका बालकसहित १५ देखि ५० वर्षसम्मका पुरुष रहेका छन् ।

योसँगै हालसम्मको संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

यसैबीच, भरतपुर अस्पतालबाट एक जना महिला निको भएर डिस्चार्ज भएकी छिन् । हेटौँडा घर भएकी २५ वर्षीया महिला डिस्चार्ज भएकी हुन् । यी महिलासँगै निको हुनेको संख्या २२० पुगेको छ ।

Published : Sunday, 2020 May 31, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया