जनता भाेकले मर्दा पनि ओली सरकारलाई जानकारी नै छैनः राजेन्द्र महताे

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद राजेन्द्र महतोले लकडाउनका कारण जनता खान नपाएर जनता मर्न थालेको बताएको बताएका छन् ।

आइतबार बसेको संसदको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै सांसद महतोले जनता भोकै मर्दा पनि शासकहरूलाई कुनै जानकारी नरहेको बताए । उनले काठमाडौंमा भाषण गरेर वा नारा बनाएर मात्रै जनताको पेट नभरिने बताएका छन् ।

महतोले जनताहरू खान नपाएर धमाधम मर्दा पनि सरकारले ध्यान नदिएको भन्दै खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको आलोचना गरे ।

उनले बजेट, प्रधानमन्त्री र मन्त्रीहरूको भाषणले जनताको भोट मेट्न नसक्ने बताए ।

प्रधानमन्त्री ओलीको ‘कोही भोका पर्दैनन्, भोकै मर्नु पर्दैन’भन्ने अभिव्यक्तिको आलोचना गर्दै सांसद महतोले बजेटमा यस्ता नारा लेख्दैमा समस्याको समाधान नहुने बताएका छन् ।

‘कोही भोका पर्दैनन्, भोकै मर्नु पर्दैन, यहाँ मान्छे भोकै मरिरहेको छ । कागजमा नारा लेखेको छ’, राजपाका सांसद महताले भने, ‘भोकै खान नपाएर मर्‍यो नि त । सप्तरीको मलहार सदा मुसहर मर्‍यो । भोकैभोकै मर्‍यो । राज्यलाई कान पुगेन ।’

‘यहाँ कोही भोकै मर्दैन भन्छ । त्यहाँ आफ्नो नागरिक मरिरहेको छ’, उनले भने, ‘धादिङको मान्छे कीर्तिपुरमा बस्ने सुरबहादुर तामाङ भोकै मर्‍यो त । मर्दैन रे ? मरिरहेको छ त ।’

‘धनुषको जटहीमा वीरेन्द्र यादव नाकामा भोकै मरिहाल्यो । यही हो । लामो–लामो बजेट पढ्ने यहाँ ?’, सांसद महतोले प्रश्न गर्दै भने, ‘अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिनदहाडै मरिरहेको छ, यहाँ भाषण गरिरहेको छ, मर्न दिँदैन रे । यही हो ? यो हुँदैन ।’

राजपाका सांसद महतोतले मोरङमा एउटा सुत्केरी महिला खान नपाएर बेहोस भएको भन्दै यस्तो कार्यले सरकार जनताको समस्याप्रति सचेत छैन भन्ने आफूले पाएको बताए ।
सरकारलेको बजेटले संघीयतालाई कमजोर बनाएको महतोले आरोप लगाए ।

‘भाषण गर्छ संघीयतालाई बलियो पार्छु भनेर । के बलियो पर्छ ?’, उनले भने, ‘संघीयतालाई सखाप पार्ने काम तिमीहरू गरिरहेका छौँ ।’

‘सारा बजेट केन्द्रमा राख्ने संघीता बलियो हुने रे ?’, उनले भने, ‘८९ प्रतिशत बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ । ४ प्रतिशत प्रदेशले पाएको छ । सात प्रतिशत बजेट स्थानीय तहलाई दिएको छ ।’

राजपाका सांसद महतो रोष्टमबाट बोल्दै गर्दा बिजुली गएको थियो । तत्काल बिजुली आएपछि उनले निरन्तर धारणा राखेका थिए ।

Published : Sunday, 2020 May 31, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया