ओली सरकारको अकर्मण्यताले काेरानाबाट छ जनाकाे मृत्युः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथाममा पर्याप्त समय पाएर पनि खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले काम गर्न नसकेको आरोप लगाएको छ ।

शनिबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कोरोनाविरुद्धको संघर्षमा तयारीका लागि पर्याप्त समय पाएर पनि ब्यवस्थित तयारी गर्न सरकार अकर्मण्य भएको परिणाममा कोरोनाका कारण ६ जनाको मृत्युु भइसकेको जनाएको हो ।

सरकारको लापरबाहीका कारण एक हजारभन्दा धेरै संक्रमित भएको कांग्रेसले आरोप लगाएको छ ।

‘निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न असफल भइरहेकोे ठहर यो बैठक गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘पीसीआर विधिबाट परीक्षणलाई व्यापक बढाउन, स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, क्वारेन्टाइनहरूलाई मापदण्डअनुरुपको बनाउन, आइसोलेसन वार्डको संख्या व्यापक वृद्धि गर्न, अत्यावश्यक भेन्टिलेटरको पर्याप्त जोहो गर्दै युद्धस्तरमा कार्य गर्न यो बैठक सरकार समक्ष फेरि पनि माग दोहो¥याउन चाहन्छ’, कांग्रेसले भनेको छ ।

Published : Sunday, 2020 May 31, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया