शनिबार १३ जना डिस्चार्ज, १८९ संक्रमित, दैलेखमा मृत्यु भएकाको परीक्षण हुँदै

काठमाडौं । नेपालमा शनिबार १३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएरका डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले काठमाडौंको टेकु अस्पतालबाट २ जना डिस्चाज भएको जानकारी दिए ।

डिस्चार्ज हुनेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका ३८ वर्षीया र टोखा नगरपालिकाका ४१ वर्षीया पुरुष डिस्चार्ज भएका छन् ।

काठमाडौंको बलम्बु युनिफाइड कोरोना अस्पतालबाट ७ देखि ४२ वर्ष उमेरका ११ जना डिस्चार्ज भएका छन् । तीमध्ये ६ जना पुरुष र ३ जना महिला रहेका छन् ।

अछाम जिल्ला घर भई हाल बाँकेको कोहलपुरमा रहेका ३२ वर्षीय पुरुष पनि डिस्चार्ज भएका छन् ।

रुकुम जिल्ला घर भाई ललितपुरमा २६ वर्षीय पुरुष बलुम्बुको युनिफाइड कोरोना अस्पतालबाट डिस्चार्ज भएको डा.देवकोटाले बताएका छन् । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेमा २१९ जना रहेका छन् ।

प्रवक्ता डा.देवकोटाले शनिबार १८९ जना संक्रमित भेटिएको बताएका छन् । तीमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जनाको पोजेटिभ देखिएको छ ।

टेकुमा भएको परीक्षणमा धनुषा जिल्लाका २० देखि ४२ वर्षका ७ जनामा पुरुषमा पोजेटिभ आएको छ ।

झापाका १ जना ४५ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ । कपिलवस्तु जिल्लाको १६ देखि ६० वर्षका ७७ जना पुरुषमा पोजेटिभ देखिएको छ ।

ललितपुरकी एक जना २३ वर्षीय महिलामा पोजेटिभ देखिएको छ । महोत्तरीका ४ जना २५ देखि ५५ वर्षका पुरुष रहेका छन् ।

रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुष रहेका छन् । सर्लाही जिल्लाका १७ जना १६ देखि ४० वर्षका पुरुष रहेका छन् । सिरहा जिल्लाका ११ जना १७ देखि ४० वर्ष उमेरका रहेका छन् ।

प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तु जिल्लाको यशोधराका २९ जना १५ देखि ५० वर्षीय पुरुष रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । सप्तरीका उनीहरू १८ देखि २८ वर्षका रहेका छन् । तीमध्ये एक जना महिला र ८ जना पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको ८ जनाको पोजेटिभ आएको छ । कपिलवस्तु जिल्लाको विजयनगरका ३ जना २६ देखि वर्षका पुरुष रहेका छन् । दाङ जिल्लाको हापुरेका ३० वर्षीय १ जना पुरुष रहेका छन् । दाङकै बंगलाचुली गाउँपालिकाका २७ देखि २८ वर्षका ४ जना रहेका छन् । तीमध्ये एक जना महिला र ३ जना पुरुष रहेका छन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । बारा जिल्ला हर्दियाका एक जना २४ वर्षीय पुरुष रहेका छन् । पर्सा जिल्लाको पर्सौनीका दुई जना १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको छ । १४ देखि ५० वर्षका उनीहरू सबै दैलेख जिल्लाका पुरुष रहेका छन् ।

कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ । संखुवासभा जिल्लाको खाँदबारीका २३ वर्षीय एक जना पुरुष र संखुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

हालसम्मको संक्रमितको संख्या १४०१ पुगेको छ । १२८८ पुरुष र ११३ जना महिला रहेका छन् ।

प्रवक्ता डा.देवकोटाले दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको बताए । मृत्यु भएका ती व्यक्तिको नमूना परीक्षण भइरहेको भन्दै त्यसबारे पछि अपडेट गराउने डा.देवकोटाले बताएका छन् ।

Published : Saturday, 2020 May 30, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया