सरकारकाे नीति तथा कार्यक्रम पुरानो रक्सीमा पानी मिसाए जस्तोः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सरकारको नीति तथा कार्यक्रमले कोरोना महामारीको संकटका बेला जनताले अपेक्षा गरेअनुसारको नआएको टिप्पणी गरेका छन् ।

शनिबार रिपब्लिका दैनिकसँग कुरा गर्दै पूर्वसांसद समेत रहेका खतिवडाले नीति तथा कार्यक्रमले जनतालाई निराश बनाएको बताए ।

‘यो नीति तथा कार्यक्रम नयाँ बोतलमा पुरानो रक्सी भन्ने परम्परा थियो । यस पटक त्यस्तो पनि भएन । यस पटक नयाँ बोतलमा पुरानो रक्सीमा पानी मिसाइएको छ’, उनले भने, ‘जनतालाई राहत हुने खालका कुनै पनि कार्यक्रम छैन ।’

नेकपाका नेता तथा कार्यकतालाई पोस्ने गरेर ल्याइएको यो नीति तथा कार्यक्रममा पुरानै योजनाहरूलाई फूलबुट्टा भरिएको खतिवडाले टिपप्णी गरेका छन् ।

पानीजहाज जस्ता कार्यक्रमलाई यथावत राखेको भन्दै उनले जनतालाई धेरै भ्रममा नपार्न सुझाव दिएका छन् ।

कोरोनाको संकटबाट मुलुक संघर्ष गरिरहेका बेला दिक्क लाग्ने गरेर एउटै कुरालाई पटक–पटक दोहोर्‍याएर पुरानै कार्यक्रम राखिएको उनले बताए ।

Published : Saturday, 2020 May 16, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया