अनामनगरको लिबर्टी कलेजका विद्यार्थी चढको बस मुस्ताङमा दुर्घटना

जोमसोम । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजका विद्यार्थी सवार बस मुस्ताङ जिल्लामा दुर्घटना भएको छ ।

मंगलबार बिहान ९ बजेको समयमा मुक्तिनाथ दर्शन गरी फर्किएको प्रदेश–३–०१–००६ ख ६२२ नम्बरको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ स्थित सेल्फीडाँडा नजिक ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार १४ जना पुरुष र ७ जना महिला गरि २१ जना विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनाको जानकारी प्राप्त हुना साथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा प्रहरी टोली खटिएर घाइतेहरूको उद्धार गरिएको थियो ।

जिल्ला अस्पताल जोमसोममा उपचार पश्चात् मंगलबार दिउँसो सबै घाइतेहरू डिष्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 May 1, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया