कोरोना फैलाएको भन्दै अमेरिकाले दियो चीनलाई सम्बन्ध तोड्ने चेतावनी

न्युयोर्क । चीनको ल्याबबाट कोरोना भाइरसको संक्रमण फैलिएको दावी गर्दै आएका अमेरिकाले चीनसँगका सबै खाले सम्बन्धहरू तोड्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई सो चेतावनी दिएका हुन् ।

पूरा विश्व कोरोनाको चपेटमा परिरहेका बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई अन्तर्वार्ता दिने क्रममा चीनसँगसकौ सबै सम्बन्ध तोड्दा पाँच सय मिलियन डलर बच्ने बताएका छन् ।

महामारी अघि नै व्यापार युद्ध छेडिसकेको चीन र अमेरिकाबीच केही महिना अघिमात्रै व्यापार सहजीकरण गर्ने सहमति भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण दुई दैशबीचको व्यापारफेरि ठप्प भएको थियो ।

यसैबीच चीनसँगको द्वीपक्षिय व्यापार गर्दा अमेरीकालै थप क्षति बेहोर्नु परेको निश्कर्ष निकाल्दै उनलै चीनसँग सम्बन्ध तोड्ने चेतावनी दिएका हुन् ।

यसअघि केही अमेरिकी राज्यहरूले पछिल्लो केही समयबाट भाइरस फैलाएको भन्दै चीनसँग क्षतिपूर्ति लिनुपर्ने माग पनि गरका छन् ।

Published : Friday, 2020 May 15, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया