रावलसँग एक महिनादेखि थिएनन् ती सुरक्षाकर्मी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व गृहमन्त्री भीम रावलले कोरोना संक्रमण देखिएका सुरक्षाकर्मी आफूसँग एक महिनादेखि नरहेको बताएका छन् ।

नेता रावलले ती सुरक्षाकर्मीकी पत्नी बिरामी रहेकाले बिदामा गएका बताए । उनले भने, ‘ती सुरक्षाकर्मी मसँग एक महिनादेखि छैनन् ।’

नेता रावलको सुरक्षामा खटिने गरेका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको छ ।

सशस्त्र प्रहरीका २७ वर्षीय ती जवान भक्तपुरको दुवाकोटामा बस्दै आएका थिए ।

श्रीमतीको उपचारका क्रममा अस्पताल आउने जाने क्रममा संक्रमित भएको हुन सक्ने रावलले बताएका छन् ।

नेता रावलले संसदमा आफ्नो कोरोना परीक्षण भइसकेको बताए । रिपोर्ट नेगेटिभ आइसकेपछि नियमित रुपमा संसदमा जान थालेको बताएका छन् ।

Published : Wednesday, 2020 May 13, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया