साउदी अरबका ६७४ नेपालीमा कोरोना, एकको मृत्यु

काठमाडौं । साउदी अरेबमा ६ सय ७४ जना नेपाली कामदारहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन–तीन तथा अन्य स्थानमा ९ नेपालीमा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमितमध्ये धेरै नेपालीहरूनिको भएर काममा फर्किएका छन् ।

रियादस्थित नेपाली राजदूतावासका अनुसार एक जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

साउदीमा कोरोना भाइरसको संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ संक्रमितको मृत्यु भएको छ ।

Published : Wednesday, 2020 May 13, 8:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया