काठमाडाैंमा भूकम्पको धक्का महसुस

काठमाडौं । बुधबार बिहान काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार मध्यराति ११ बजेर ५४ मिटनमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दोलखाको जुगु केन्द्रविन्दु रहेको ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएका छन् ।

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, धनकुटा, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, ओखलढुंगालगायतका क्षेत्रका नागरिकले पनि महसुस गरेका छन् ।

Published : Wednesday, 2020 May 13, 6:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया