यी हुन् बिराटनगरमा लकडाउनमा भोको पेटको समस्या बुझ्ने युवाहरू, निरन्तर खाना खुवाउँदै

विराटनगर । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवार, मजदुर र सर्वसाधारणहरूलाई बिरटनगरका समाजसेवी युवाहरूले निरन्तर खाना खावाउँदै आएका छन् ।

स्थानीय समाज सेवीहरूले विगत ४१ दिनदेखि निःशुल्क खाना खुवाउँदै आएको नारायण बरालले जानकारी दिए ।

‘हामी सबैको प्रयासमा लकडाउका कारण समस्यामा परेकाहरूलाई ४१ दिनदेखि निःशुल्क खाना खुवाउँदै आएका छौँ’, उनले भने, ‘बिहान बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म खानाको प्याकेट बनाएर वितरण गर्दै आएका छौँ ।’

स्थानीय समाज सेवी युवाहरू नारायण बराल र गणपत मित्रुकाको नेतृत्वमा बिराटनगर महानगरपालिकाको वडा नम्बर ६ ‘शिव मन्दिर युवा समूह’ले निःशुल्क खाना खुवाउने अभियान चलाएको हो ।

‘सेवानै मनव जीवनको मुख्य कर्म हो’ भन्ने उदेश्यका साथ चैत २० गतेबाट खान खुवाउन शुरु गरिएको बरालले बताए ।

युवाहरूले १ सय १३ घरमा पुगेर उनीहरूको अवस्था हेरेर निःशुल्क खानाको कुपन वितरण गरिएको थियो । सोही कुपनका आधारमा खानाको प्याकेट उपलब्ध गराउँदै आएको बरालले बताए ।

खाना वितरण हुने स्थानमा सो कुपन लिएर आउने व्यक्तिलाई झोलामा होलेर खाना दिने गरिएको छ । कुपन नभएकालाई पनि उनीहरूको अवस्था हेरेर खानाको प्याकेट दिने गरिएको छ ।

समाजसेवी गणपत मित्रुकाले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण धेरै सर्वसाधारणहरू समस्यामा परेको बताए ।

उनले भने, ‘लकडाउनले गर्दा धेरै सर्वसाधारणहरू खान नपाएर भोकै बस्न नपरोस् भनेर निःशुल्क खाना खुवाउन शरु गरेका हौँ ।’ समाजसेवी मित्रुकाले लकडाउनका अवधिभरि निःशुल्क खाना खुवाइने बताए ।

बराल र मित्रुकाको समूहले निःशुल्क खाना खुवाउन थालेको तेस्रो दिन २ सय ४८ परिवारलाई खानाको कुपन बाँडेर खाना दिन शुरु गरेका थिए ।

मंगलबार उनीहरूले १ सय १६ अति बिपन्न परिवारलाई कुपनमार्फत खान बितरण गरेका छन् ।

कुपन नभएका १ सय ७६ जनालाई शिव मन्दिर मार्गमा रहेको किचनबाट खाना उपलब्ध गराइएको बरालले बताए ।

खानामा उनीहरूले भारत र ग्रेबी तरकारी उपलब्ध गराउने गरेका छन् । पानी पनि वितरण गरिएको छ ।

उनीहरूले यसअगाडि नेबेल, कोशी अञ्चल अस्पताल र बिराट टिचिङ हस्पिटलका बिरामीका कुरुवाहरूलाई समेत नियमित साढे छ सय जनासम्मलाई निःशुल्क खाना खुवाएका थिए ।

हाल शिवमन्दिर मर्गको किचनबाटै साढे ७ सय अति बिपन्न परिवारलाई खाना वितरण गर्दै आएको बरालले बताएका छन् ।

निःशुल्क खाना प्रत्येक दिन बिहान ९ः३० देखि ११ः००बजेसम्म वितरण हुने गरेको छ ।

बराल र मित्रुकाको समूहलाई निःशुल्क खाना खुवाउने अभियानमा साथीभाई, स्थानीय व्यापारीलगायतले स्वातस्फुर्त सहयोग गर्दै आएका छन् ।

 

Published : Tuesday, 2020 May 12, 2:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया