समाजसेवी रोकाद्वारा खिजिदेम्बालाई स्यानिटाइर प्रदान

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छुक एवम् समाजसेवी तेजबहादुर रोकाले ओखलढुंगा जिल्लाका लागि सहयोग गरेका छन् ।

सारा मिनिस्ट्रीजका सञ्चालक समेत रहेका रोकाले कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडामार्फत ओखलढुंगा जिल्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

ओखलढुंगा जिल्लाको खिजिदेम्बामा जन्मिएका रोकाले खजिदेम्बाका लागि रु. २५ हजार बराबरको स्यानिटाइजर उपलब्ध गराएको कांग्रेस नेता खतिवडाले बताए ।

काठमाडौंमा रहेका रोकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि खिजिदेम्बालाई स्यानिटाइजर उपलब्ध गराएका हुन् ।

रोकाले उपलब्ध गराएको स्यानिटाइजर नेपाली कांग्रेसका नेता खतिवडाले बुधबार ओखलढुंगा पुर्‍याइदिनेछन् । त्यसपछि स्थानीय तहमार्फत स्यानिटाइजर उपलब्ध गराइनेछ ।

Published : Tuesday, 2020 May 12, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया