औकातमा आए चिनियाँहरू, काठमाडौंको मुटुमै आक्रमण, डीएसपीको टाउको फुट्यो (भिडियाे)

काठमाडौं । चिनियाँ नागरिकहरूले काठमाडौंमा प्रदर्शन गर्नुका साथै प्रहरीमाथि आक्रमण गरेका छन् ।

चिनियाँ नागरिकहरूले शुक्रबार सिंहदरबारको पश्चिम गेट नजिकै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेका हुन् । चिनियाँ नागरिकहरूको प्रदर्शन रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि अन्धाधुन्द प्रहार गरेका हुन् ।

चिनियाँ नागरिकहरूको आक्रमणबाट प्रहरी पनि घाइते भएका छन् ।

सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।

केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि झडप भएको ज्ञवालीले बताए । प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ ।

उनीहरू आफ्नो देश फर्किनका लागि प्रदर्शनमा उत्रिएको जनाइएको छ ।

चिनियाँ नागरिकहरूको आक्रमणबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनको नजिकैको मेडिकलबाट उपचार गरिएको छ ।

ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताए ।

काठमाडौंस्थित चिनियाँ दूतावासले केहीलाई जहाज चार्टर्ड गरी स्वदेश पठाए पनि केही अझै नेपालमै अड्किएका छन् ।

Published : Friday, 2020 May 8, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया