दुई कौडीको ओली सरकारलाई बिफल बनाइदियौँः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महताले कोरोना संक्रमणबाट नेपाली जनता संकटमा रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि माग गरेका छन् ।

संसदको शुक्रबारको बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद महताले कोरोनाबाट जनता डराइरहेका बेला सरकार अर्कै धन्दामा लागेको बताए । उनले पार्टी फोड्ने, सांसद चोर्ने, सांसद अपहरण गर्ने, सांसदलाई तर्साउने धन्दामा लागेको बताए ।

सांसद अपहरण भयो भनेर दोषीलाई कारबाही गर भनेर प्रहरीमा उजुरी दिन जाँदा जोहेरी नै नलिएको भन्दै उनले सरकारको धन्दाको खुलासा भएको बताए ।

उनले यस्तै संकट परेको बेला जनताले सरकार खोज्ने गरेको भन्दै खड्गप्रसाद ओली सरकारलाई काम नकाजको भनेर आलोचना गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी फुटाउने भनेर अध्यादेश ल्याउने अधिकार कसले दियो भनेर प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सांसद महतोले प्रश्न गरेका छन् । ‘पार्टी फुटाउने रे ! हामीले पनि सरकारप्राइज गरिदियौँ’, उनले भने, ‘यो सरकारले सरप्राइज दिन खोजेको थियो । हामीले पनि रातारात एकता गरेर सरप्राइज दियौँ ।’

झण्डै दुईतिहाइको सरकार दुई कौडीको पनि नरहेको बताएका छन् ।

महामारीका बेला स्वास्थ्य सामग्री भ्रष्टाचार गरेको भन्दै सांसद महताले भने, ‘आज म स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारको कुरा उठाउँदैन, वाइडबडीको कुरा उठाउँदैन, संविधान संशोधनको कुरा उठाउँदैन, ओम्नीको कुरा उठाउँदैन, सांसद अपहरणको कुरा पनि उठाउँदैन ।’

सांसद महतोले विदेशबाट आएका नागरिकको कोरोना परीक्षण नगरेको भन्दै परीक्षणको गतिविधि कछुवाको गतिमा कार्य भएको बताए ।

सरकारले गर्नुपर्ने काम नगरेको भन्दै उनले कोरोनाको परीक्षण तिब्र रुपमा गर्नुपर्ने बताए ।

Published : Friday, 2020 May 8, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया