मुलुकको अर्थ व्यवस्था माथि उठाउन कांग्रेसद्वारा सहकारी विज्ञहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण र लकडाउनबाट देशको अर्थ व्यवस्थामा पारेका समस्याकमा सहकारीले खेल्न सक्नेको भूमिकामाथि छलफल गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार कांग्रेसका नेताहरूले सहकारीले अर्थ व्यवस्था उकास्नका लागि खेल्न सक्ने भूमिकाका विषयमा छलफल गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट नेपालसहित विश्व आक्रान्त रहेको यस अवस्थामा नेपालले सामना गर्नु परेको समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्न सक्ने भूमिकाका विषयमा गहन छलफल भएको हो ।

कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले सहकारी क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, योजना आयोगका पूर्व उपाध्यक्षहरू डा.जगदीशचन्द्र पोखरेल र डा. गोविन्द पोखरेलको समेत उपस्थिति रहेको थियो ।

छलफलमा विज्ञहरूले अर्थ व्यवस्थालाई उकास्न र ग्रामीण क्षेत्रमा रहेका जनताको जीवनस्तर उठाउन सहकारीहरूको ठूलो भूमिका रहने बताए ।

Published : Thursday, 2020 May 7, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया