१६ जना एसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले १६ जना उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

काज सरुवा भएकाहरू ती १६ जना एसपीहरूलाई सम्बन्धित कार्यालयमै दरबन्दी कायम गरिएको हो ।

तीन महिना अगाडि पर्सामा गंगा पन्त, बारामा कृष्ण पंगेनी, चितवनका नान्तीराज गुरुङलाई काजमा पठाइएको थियो । उनीहरूलाई सोही जिल्लामा पदस्थापना गरिएको छ ।

कैलालीमा अनुपमशमेशर जबरा, पश्चिम नवलपरासीमा अजय केसी, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, सुनसरीमा कमल थापा, बाग्लुङका शारदा चौधरी र कर्मचारी प्रशासनमा जनार्दन जिसीको सरुवा भएको छ । उनीहरूको यसअघि नै काज सरुवा भएको थियो ।

बढुवामा छुटेका एसपी सुरेन्द्र मैनालीलाई पहरा गण तथा चक्रबहादुर सिंह २ नम्बर गणको जिम्मेवारी दिइएको छ ।

दिनेशराज मैनाली यूएन जगेडा, विकासराज खनाल ५ नम्बर प्रदेश दंगागण, विमलराज कँडेल स्याङ्जा, मनोजकुमार यादवको १ नम्बर प्रदेश दंगा गण सरुवा भएको छ ।

मोरङ, कास्की, सिरहा, सप्तरी, महोत्तरी, कपिलवस्तु, पाल्पा, लगायत जिल्लाका एसपीहरूको हेरफेर हुने स्रोतले जनाएको छ ।

प्रहरी मुख्यालयले ठूलो संख्यामा डीएसपीहरूको पनि सरुवा गर्न लागेको छ । एसपीमा बढुवा भएर रित्त भएका कार्यालयहरू समेत रिक्त छन् ।

उपत्यकाका धेरै वृत्त इन्चार्जहरू फेरिने सम्भावना रहेको प्रहरी उच्च स्रोलते जनाएको छ ।

Published : Wednesday, 2020 May 6, 7:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया