सीमा सुरक्षामा खटिएका सहायक निरीक्षकको मृत्यु

राजविराज । सप्तरी जिल्लास्थित नेपाल–भारत सिमानाको सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

लकडाउन र सीमानाका बन्द गर्न सिमानामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको हो ।

सशस्त्र प्रहरी गण ६ नम्बरका अनुसार जिल्लाको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक कार्कीको मृत्यु भएको थियो ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि उपचारका लािग तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले कार्कीलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले जानकारी दिए ।

उच्च रक्तचापका कारण अचानक बेहोस भई कार्कीको मृत्यु भएको अनुमान गरिएको छ । उनको शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने दाहालले बताए ।

Published : Tuesday, 2020 May 5, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया