चौवीस जना एसपीहरूको पदस्थापना (नाम)

काठमाडौं । प्रहरी हेडक्वाटर नक्सालले हालै बढुवा भएका एसपीहरूको पदस्थापना गरेको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका उनीहरूलाई पदस्थापन गरिएको हो ।

वैशाख १८ गते बढुवा समितिको निर्णयअनुसार २४ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरिएको थियो ।

सोमबार प्रहरी प्रधान कार्यालयले बढुवा भएका २४ जना एसपीहरूलाई पदस्थापन गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवा नियुक्ति भएका २४ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ ।

बढुवा भएका नवनियुक्त २४ एसपीले आइतबार मात्र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । तुलबहादुर कार्कीको महानगरीय प्रहरी परिसर ललितपुरमा पदस्थापना भएको छ ।

होबिन्द्र बोगटीको महानगरीय अपराध महाशाखा टेकु र वेद विष्टको केन्द्रीय प्रहरी कार्यदल कपनमा पदस्थापना भएको छ ।

एसपी राकेश सिंहको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र राजीवबहादुर बस्नेतको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पदस्थापन भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रवीणलाल श्रेष्ठ महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स रानीपोखरी, सन्तोषसिंह राठौर महानगरीय प्रहरी कार्यालय विशेषा सुरक्षा महाशाखा, शिवकुमार श्रेष्ठ प्रहरी उच्च माध्यमिक विद्यालय साँगा, शान्तिराज कोइराला प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा र सञ्जयसिंह थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् ।

महेन्द्र खड्काको सम्पत्ति शुद्धीकरण विभाग, दीपक पोखरेलको प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रभुप्रसाद ढकालको प्रहरी प्रधान कार्यालय मानव बेचविखन ब्युरो, सन्तोषकुमार भट्टराईको महानगरीय अपराध महाशाखा टेकुमा पदस्थापना भएको छ ।

दयानिधि ज्ञवालीको प्रहरी प्रधान कार्यालय वैदेशिक समन्वय महाशाखा नक्साल, प्रकाश मल्लको प्रहरी प्रधान कार्यालय जगेडा पुल, वामदेव गौतमको महानगरीय ट्राफिक महाशाखामा पदस्थापन भएको छ ।

Published : Tuesday, 2020 May 5, 7:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया