अमेरिकाले चीनलाई भन्यो, ‘कोरोनाभाइरस मानवनिर्मित हो, मसँग प्रमाण छ’

न्युर्योक । कोरोनाभाइरसको संक्रमण चीनको वुहानमा रहेको एउटा प्रयोगशालाबाटै शुरु भएको प्रमाण रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दाबी गरेका छन् ।

मन्त्री पोम्पेओले वुहानको प्रयोगशालाबाट कोरोनाभाइरसको संक्रमण फैलिएको धेरै प्रमाणहरू रहेको बताएका छन् । ती प्रमाणहरूले वुहानबाट कोरोनाभाइरसको उत्पति भएको देखाएको जनाइएको छ ।

आइतबार एबीसी टिभीको ‘द विक’मा अन्तर्वार्ताका क्रममा मन्त्री पोम्पेओले चीनको लापरबाहीले गर्दा ३५ लाख मानिसहरू संक्रमित भएको बताएका छन् । उनले विश्वव्यापी रूपमा २ लाख ४० हजार भन्दा बढी मृत्यु भएको बताएका छन् ।

पोम्पेओले बेइजिङ्गले कोरोनाभाइरसको प्रकोपका बारेमा महत्वपूर्ण जानकारी लुकाउन खोजेका आरोप लगाएका छन् ।

कोरोनाभाइरसको संक्रमण वुहानबाट फैलाएको विषयमा बेइजिङ्ग जवाफदेही हुनुपर्ने मन्त्री पोम्पेओले बताएका छन् ।

अमेरिकाले कोरोनाभाइरसको उत्पत्तिको बारेमा अझ बढी जान्नका लागि अनुसन्धानकर्ताहरू खटाएको जनाएको छ ।

दिेशमन्त्री पोम्पेओले वुहानको ल्याब नजिकैको मासु बजारबाटै सो भाइरस फैलिएको भन्दै सो ल्याबबाटै कोरोनाभाइरस चुहिएको दाबी गरेका छन् ।

सेन्ट्रल इंटेलिजेंस एजेन्सी (सीआईए)का पूर्वनिर्देशक समेत रहेका मन्त्री पोम्पेओले कोरोनाभाइरस मानव निर्मित वा आनुवंशिक रूपले परिमार्जन गरिएको गुप्तचर रिपोर्टबाट देखिएको बताएका छन् ।

मन्त्री पोम्पेओ चीनले विश्वलाई संक्रमित गर्ने घटिया प्रयोगशालाहरू सञ्चालन गरेको इतिहास रहेको सबैलाई थाहा रहेको उल्लेख गरेका छन् ।

Published : Monday, 2020 May 4, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया