संघीय संसदको महासचिवमा डा.गौतम सिफारिस

काठमाडौं । संघीय संसदको महासचिव नियुक्तका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

महासचिवबाट मनोहरप्रसाद भट्टराईले उमेर हदका कारण अनिर्वाय अवकास भएपछि सो पद रिक्त थियो ।

संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई कार्यबाहक महासचिवको जिम्मेवारी दिइएको थियो ।

Published : Monday, 2020 May 4, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया