तरुण उपाध्यक्षद्वारा भोजपुरमा स्वास्थ्य सामग्री हस्तान्तरण

भोजपुर । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले भोजपुरमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

उपाध्यक्ष चापागाइँले आइतबार जिल्ला प्रशासन कार्यालय भोजपुरलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । ती स्वास्थ्य सामग्रीहरू सबै स्थानीय तहलाई वितरण गरिनेछ ।

कांग्रेसका युवा नेता समेत रहेका तरुण दलका उपाध्यक्ष चापागाइँले पीपीई ४५ थान, सर्जीकल मास्क ३ हजार ७ सय थान हस्तान्तरण गरिएको जानकारी दिए ।

कोरोनाभाइरसको संक्रमणविरुद्ध नेपाली कांग्रेस र नेपाल तरुण दलले सरकारलाई सबै प्रकारको सहयोग गर्दै आएको बताए ।

‘हामी सबै मिलेर यो माहामारीका विरुद्ध लड्नुपर्ने बेला आएको छ’, उनले भने, ‘राजनीतिक कुरा पछि गरौँला आहिले मिलेर कोरोनाभाइरसको संक्रमणविरुद्ध संघर्ष गरौँ ।’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक सामग्रीहरू उपलब्ध गराएर सयोग गर्नुपर्ने सबैको दायित्व भएको चापागाइँले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्षमण खड्का, भोजपुर नगरपालिकाका मेयर कैलाश आले, प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, प्रहरी प्रमुख, नागरिक समाजका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँ, नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राई, सहसचिव समीर मोक्तान, कोषाध्यक्ष सफल किराँत, तरुण दलका जिल्ला अध्यक्ष शरद बस्नेतलगायत कांग्रेसका नेताहरूले सामाजिक दुरी कायम गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

Published : Sunday, 2020 May 3, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया