कांग्रेस नेता महर्जनद्वारा समस्यामा परेकालाई तीन हप्तादेखि लगनखेलमा खाना खुवाउँदै

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनको पहलमा लकडाउका कारण समस्यामा परेकाहरूलाई तीन हप्तादेखि निरन्तर ललिपुरमा निःशुल्क खाना खुवाइएको छ ।

लगनखेल डोजोमा मन्दिर अगाडि र आसपासका स्थानमा मागेर गुजारा गर्नेहरूलाई तीन हप्तादेखि बिहान र बेलुका खाना खुवाउँदै आइएको छ ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले लकडाउनबाट समस्यामा परेकाहरूलाई तीन हप्ता अगाडिदेखि खाना खुवाउन शुरु गरेका हुन् ।

महर्जनले हप्ताको एक पटक मासु समेत खुवाउने गरेका छन् । महर्जनले यस्ता दुःखी गरिबहरूलाई खाना खुवाउँदा सहयोग हुने भएकाले खाना खुवाइएको बताए ।

ललितपुर कोन्ज्योसोम गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष तीर्थबहादुर घलानका अनुसार महर्जनले मागेर गुजारा गर्नेहरूलाई यसअघि पनि खाना र खाजाका लागि सहयोग गर्ने गरेको बताए ।

कांग्रेसका युवा नेता महर्जन ललितपुरमा सामाजिक कार्यहरूमा आफूलाई निकै सक्रिय बनाउने गरेको वडाध्यक्ष घलानले बताए ।

महर्जनका चेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सयौँको संख्यामा छन् ।

तिनै चेलाहरूले पनि देश–विदेशबाट मागेर गुजारा गर्नेहरूलाई साथीभाइ मिलेर रकम पठाउने गरेको महर्जनले बताएका छन् ।

महर्जनले कसैलाई समस्या पर्दा सहपयोग गर्न सबैभन्दा पहिला अगाडि सर्ने गर्छन् ।

महर्जनका चेला समेत रहेका लगनखेल डोजोका प्रमुख प्रशिक्षक किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन एवम् नेपाल तरुण दल ललितपुर जिल्लाका उपाध्यक्ष विनोद महर्जन, अर्का चेला कराते प्रशिक्षक नेपाली कांग्रेस ललितपुर महानगर समिति सचिव ध्रुब खनाल, बागमती गाउँपालिका वडाध्यक्ष एवम् नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति विष्णु तिमल्सिना, कोन्ज्योसोम गाउँपालिका वडाध्यक्ष तीर्थबहादुर घलान, नेविसंघ ललितपुरका अध्यक्ष मथुरा शर्मा, सचिव दीपक घिमिरे ‘समिर’, सुजन चाम्लिङ, सञ्जित मेचे लगायतले यो अभियानमा सहयोग गर्दै आएका छन् ।

Published : Sunday, 2020 May 3, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया