आईजीपीद्वारा एसएसपी र एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले हालै बढुवा भएका एसएसपी र एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा आईजीपी ज्ञवालीले १९ जना एसएसपी र २४ जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एसपीबाट एसएसपी र डीएसपीबाट एसपीमा बढुवा भएका ४३ जना अधिकृत बढुवा भएका थिए ।

बढुवा भएका अधिकृतहरूलाई आईजीपी ज्ञवालीले पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न व्यवसायिक र इमान्दार भएर लाग्न निर्देशन दिएका छन् ।

Published : Sunday, 2020 May 3, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया