नेपालगञ्जमा नौ जनामा कोरोनाको पुष्टि

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना भाइरसबाट नौ जनामा संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् ।संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।

उता, आइतबार वीरगञ्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

वीरगञ्ज ३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

Published : Sunday, 2020 May 3, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया