कांग्रेस र प्रचण्डकाे दवाव भएपछि पछि हटे ओली, अध्यादेश फिर्ता लिन तयार

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले जारी भएका दुई अध्यादेश फिर्ता गर्न तयार भएका छन् ।

बिहीबार बालुवाटारमा नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा ओलीले विवादास्पद दुई अध्यादेश फिर्ता गर्न तयारी भएको बताएका हुन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई वटै अध्यादेश फिर्ता लिन तयार भएको जानकारी दिएका छन् ।

अध्यादेशको नेपाली कांग्रेससहितका दलहरूले विरोध गर्दै खारेजीको माग गर्दै आएका छन् ।

नेकपाका सांसद र नेताहरूले पनि अध्यादेशको विरोध गर्दै आएका छन् । नेकपाका वीस जना स्थायी समिति सदस्यहरूले बैठक बोलाउन माग गर्दै ओली र दाहाललाई पत्र बुझाएका छन् ।

ओलीले आफ्नो दलका सांसदहरूसँग अध्यादेशका विषयमा छलफल गर्दै आएका थिए । ती छलफलहरू तत्कालका लागि ओलीले स्थगित गरेका छन् ।

Published : Thursday, 2020 April 23, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया