कांग्रेसद्वारा नुवाकोटमा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरपालिका र गाउँपालिकाहरूलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

नुवाकोट कांग्रेसले जिल्लाका १२ वटै स्थानीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

ती सामग्रीहरू सबै वडासम्म पु¥याइएको छ । व्यवसायिक कृषिमा संलग्न वृद्धवृद्धा र किसानका लागि ८ हजार ८ सय मास्क वितरण गरिएको छ ।

पार्टीका तर्फबाट मङ्गलबार गाउँ र नगर सभापतिलाई मास्क हस्तान्तरण गरिएको सभापति केसीले बताए ।

सभापति केसीले पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने बताएका छन् ।

नेपाली कांग्रेस सम्पर्क समितिका सम्पूर्ण कार्यसमितिका साथीहरूमा नुवाकोट कांग्रेसले पार्टीको तर्फबाट धन्यवाद व्यक्त गरेको छ ।

यशोदादेवी भगवानसिंह केसी मेमोरिल ट्रस्टले नुवाकोटको एम्बुलेन्सका १९ जना चालकलाई पीपीई र रसुवा जिल्लाको लहरेपौवा र कालिकादेवी गाउँपालिकामा रहेका १० स्वास्थ्य चौकीलाई ५–५ थान पीपीई उपलब्ध गराइएको छ ।

संस्थाका प्रमुख डा.केदार नरसिंह केसी र कांग्रेस सभापति जगदीश्वर नरसिंह केसीले संयुक्त रूपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

Published : Thursday, 2020 April 23, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया