कम्युनिस्ट सरकारको आलोचना गर्दा पूर्वसचिव उपाध्याय पक्राउ

काठमडौं । ललितपुर प्रहरीले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेको छ ।

बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट पूर्वसचिव उपाध्यायलाई प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।

उपाध्यायलाई सामाजिक सञ्जालमा कम्युनिस्ट सरकारको आलोचना गरेको अभियोगमा पक्राउ गरिएको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सामग्री खरिद र कोरोना भाइरसको संक्रमण रोकथाममा लापरबाही गरेको भन्दै उपाध्यायले कडा आलोचना गर्दै आएका थिए ।

नेपाल सरकारका पूर्वसचिव उपाध्याय सामाजिक सञ्जालमा सक्रिय थिए । उनले कम्युनिस्ट सरकारको कडा रुपमा आलोचना गर्दै आएका थिए ।

प्रहरीले उनलाई साइबर क्राइमअन्तर्गत पक्राउ गरेको जनाइएको छ ।

Published : Wednesday, 2020 April 22, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया