कांग्रेस नेता महर्जनद्वारा लगनखेलमा एकहप्तादेखि खाना खुवाउँदै

ललितपुर । नेपाली कांग्रेसको खेलकुद् विभागका सदस्य सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले ललितपुरको महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिरमा मागेर खानेहरुरूलाई खाना खुवाएका छन् ।

एक हप्तादेखि महर्जनले सडकमा मागेर गुजारा गर्नेहरूलाई ललितपुरको लगनखेल डोजोमा साँझ बिहान खाना खुवाउँदै आएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले बुधबार सातौँ दिन उनीहरूलाई मासु र भात खुवाएका छन् ।

मागेर गुजारा गर्नेहरूलाई दैनिक रुपमा बिहान र बेलुकी ३५ देखि ४० जनाको समूहलाई खाना खुवाउँदै आएका छन् ।

शुरुका दिन तिनीहरू फोहर देखेर महर्जनले साबुन किनेर सबैलाई नुहाउन लगाएका थिए । महर्जनले लुगा धुन पनि लगाएका थिए ।

महर्जनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू आफूलाई सम्पर्क गर्नेलाई सहयोग गर्दै आएका छन् । उनले अति बिपन्न परिवारलाई समेत घरमा गई खाद्यान्न उपलब्ध गराउँदै आएका छन् ।

कांग्रेसका नेता महर्जनले बगतदेखि नै दुःखी, गरिब जनताहरूको सेवा गर्दै आएका छन् । ललितपुरमा जो कसैलाई आपतबिपत पर्दा महर्जनले सक्दो सहयोग गर्ने गरेका छन् ।

कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तीर्थबहादुर घलानले कांग्रेसका युवा नेता महर्जन मनकारी भएको बताए ।

‘उहाँको काम भनेकै दुःखी र गरिबहरूको सेवा गर्नु हो’, वडाध्यक्ष घलानले भने, ‘उहाँ जस्तो नेता पाएर दक्षिणी ललितपुरका हामी कांग्रेसका कार्यकर्ताहरू खुशी छौँ ।’

ललितपुर क्षेत्र नम्वर १ का कांग्रेस नेताहरू ३६४ दिन कांग्रेस हुनेहरूको कुनै कमी रहेको भन्दै वडाध्यक्ष घलानले निर्वाचनका बेला पार्टी बदलेर अरुलाई भोट दिने कार्यले गर्दा ललितपुरमा गरिव जनताको सेवा गर्ने र विकासका कामहरूमा पछाडि परिएको बताए ।

महर्जनको यो अभियानमा कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका प्रवक्ता एवम् वडाध्यक्ष विष्णु तिमल्सिना, कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तीर्थबहादुर घलान, कराते प्रशिक्षक तथा नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिका सचिव ध्रुव खनाल, क्षेत्रीय सदस्य सरोज मेहेर कायस्थ, नेविसंघ ललितपुर सचिव दीपक घिमिरे ‘समीर’ लगायतले साथ दिइरहेका छन् ।

Published : Wednesday, 2020 April 22, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया