ओलीज्यू अब त अति भयो, नाता र दाताको पछि नलाग्नुस्ः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई जनताको समस्याप्रति ध्यान दिन आग्रह गरेका छन् ।

नेता खतिवडाले मंगलबार ट्वीट गर्दै जनताभन्दा प्यारा नाता र दाता हुन नसक्ने बताए । ‘जनताभन्दा प्यारा नाता र दाता होइन है’, खतिवडाले भनेका छन् ।

उनले देशमा कोरोना भाइरसका लागि अति आवस्यक सामग्री ब्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘स्वास्थ्य सामग्री खरिद को मार्फत गर्ने हो, गर सरकार सेना वा नागरिक ?’

‘अब अलमलको समय होइन है’, कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘यसरी ढिलाइ गर्ने हो भने कोरोना भाइरसको संक्रमण झन् बढेर जानेछ ।’

‘मेरा सल्लाहकारले म र मेरा जनताबीचमा येस्तो पर्खाल खडा गरेछन् कि मैले के भएको थियोे थाहानै पाइन’, खतिवडाले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘तर जब थाहा पाएँ सबै जनता मैले गुमाइसकेको थिए ।’

खतिवडाले इरानका अन्तिम राजा मोहम्मद रेजा पहल्बीको इतिहासलाई ओलीप्रति लक्षित गरेर भनेका छन्, ‘हजुर ! सरकार नेपालमा यस्तो नहोस् ।’

कोरोना भाइरसको संक्रमण वृद्धि भइरहेका बेला रोकथाम र उपचारका लागि आवश्यक पर्ने सामग्री सरकारले खरिद गर्न सकिरहेको छैन ।

नेपाली कांग्रेसका पूर्वसांसद खतिवडाले सामग्री खरिदमा क–कसको स्वार्थ लुकेको छ भनेर प्रश्न पनि गरेका छन् । उनले यस्तो महामारीको अवस्थामा सिङ्गो देशले सरकारलाई साथ दिएका बेला कमिशन र भ्रष्टाचारका चलखेलमा लागेको भन्दै चिन्ता जनाएका छन् ।

Published : Tuesday, 2020 April 14, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया