कांग्रेसद्वारा हेटौँडा १८ मा पचास परिवारलाई खाद्य वितरण

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यसमितिले अति बिपन्न परिवारलाई घर–घरमै पुगेर खाद्य सामग्री वितरण गरेको छ ।

हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँको रोहबरमा वडाका ५० घर अति बिपन्न परिवारलाई ८० हजार रुपियाँ बराबरको खाद्य सामग्री वितरण गरिएको छ ।

खाद्य सामग्री वितरणका क्रममा कांग्रेस जिल्ला सदस्य सुशान्तकुमार श्रेष्ठ, १८ नम्बर वडा सभापति राजेन्द्रराज बानियाँ, नेताहरू पुरुषोत्तम अधिकारी, गोकर्ण सुवेदी, प्राध्यापक गोविन्द पोखरेल, तरुण दलका वडाका अध्यक्ष अशोक केसी लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 April 13, 6:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया