पूर्वराजाको दुई करोडको चेक सरकारले पायो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शहले हिमानी कोषमार्फत सरकारलाई सरकारलाई कोरोना रोकथाम, राहत तथा उपचार कोषमा दुई करोड रुपियाँ उपलब्ध गराएका छन् ।

आइतबार हिमानी कोषका कर्मचारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाइँला दुई करोड रकम बराबरको चेक हस्तन्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजा शाहको चाहना रहेको सन्देश नेपाल सरकारलाई दिएका थिए ।

यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्नेछ ।

Published : Sunday, 2020 April 12, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया