बीआरआईलाई सघाएका अफ्रिकीहरू चीनमा घरबाट निकालिए

हङ्गकङ्ग । चीनले कोरोना भाईरसविरुद्धको महामारी जितिसकेको दावी गरेको छ ।यद्यपि मार्च २० यता उसले आफ्नो सीमानाकाहरू र अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको छ ।

विज्ञहरूले चीनमा महामारीको दोश्रो लहर उठ्न सक्ने औल्याएपछि चिनियाँ जनताहरूमा त्रास झन् थपिएको छ ।

चिनियाँ प्रशासनले अब हुने महामारीको खतरा विदेशी संक्रमितबाट आउने सक्ने प्रक्षेषण गरेपछि चिनियाँ जनताको त्रास विदेशीविरुद्धको भावनाको रुपमा परिणत भएको जसको सबैभन्दा ठूलो मारमा त्यहाँ रहेका अफ्रिकी समुदाय परेका छन् ।

चीनको स्पवन परियोजना बेल्ट एण्ड रोड इन्सिएटिभलाई सघाएका अफ्रिकी समुदाय नै हाल सबसे बढी मारमा परेका छन् । चीनको गुञ्जाओका घरबेटीहरूले अफ्रिकीहरूलाई घरहरूबाट निकालेका छन् ।

उनीहरूका लागि होटलका ढोकाहरू पनि बन्द गरिएको सीएनएनले जनाएको छ । उनीहरूले हालसालै कुनै पनि विदेश यात्रा गरेको नभेटिएपनि अथवा कुनै संक्रमितको सम्पर्क नआएको भएपनि उनीहरूलार्ई बासबिहीन बनाइएको छ ।

सीएनएनले दुई दर्जनभन्दा बढी त्यस्ता अफ्रिकीहरूको अन्तर्वार्ता प्रशारण गरेको छ जो अहिले सडकमा रात विताउन बाध्य छन् । यद्यपि, उनीहरूमा कोभिड–१९ को न त कुनै लक्षण देखिन्छ न त उनीहरू कुनै संक्रमितको सम्पर्कमा नै आएका छन् ।

यहाँ के उल्लेख गर्नु जरुरी छ भने चीनमा देखिएको आयातित संक्रमणहरूको ९० प्रतिशत संक्रमण घर फर्किएका चिनियाँ नागरिकहरूमै देखिएको चिनियाँ उप–विदेश मन्त्री लुओ झाओहुईले मार्च २६ मा बताएका थिए ।

निशानामा भने अफ्रिकी समुदाय परेका छन् । चीन अफ्रिकी जनता उत्पीडनको शिकार भइरहँदा मन्त्री लुओले भने कोरोना भाईरसको रोकथामका लागि अफ्रिका र चीन एक साथ रहेको भन्न छुट्टाएनन् ।

गुञ्जाओमा अफ्रिकीहरूको संख्या कति छ भन्ने यकिनको साथ बताउन सकिदैन । सन् २०१७ भने करीब ३ लाख २० हजार अफ्रिकी यहाँ आईपुगेको तङ्थ्याक देखिन्छ ।

Published : Sunday, 2020 April 12, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया