वीरगञ्जको १ र ३ वडामा जीपी फाउण्डेशनद्वारा ६ सय परिवारलाई खाद्यान्न वितरण

वीरगञ्ज । कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले खाद्य सामग्रीसहितको सहयोग वितरण गरेको छ ।

ज्याला मजदुरी गरि खाने अनि निम्न परिवारलाई फाउण्डेशनले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र ३ का ६०० अति विपन्न परिवारलाई खाद्य सामग्री उपलब्ध गराएको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नमबर १ र ३ का अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरि खाने तथा लकडाउनका कारण घरभित्रै बस्नु परेका परिवारलाई खाद्य सामग्री हस्तान्तर गरिएको छ ।

चामल ७ किलो, आल ३ किलो, दाल १ किलो, नुन १ किलो, तेल आधा लिटर, गहुँको पिठो २ किलोसहितका सामग्री उपलब्ध गराएको फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी दिए ।

सहायता वितरण फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिन, कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह, धिरज गुप्ता, नगर ईकाइ समिति ३ का अध्यक्ष संदीप केवट, सुल्तान अंसारी, राजु गुप्ता, नेपाल लाईभ इन्सोरेन्सका रोशन कर्ण, नरेन्द्र चौधरी, औरंगजेब अंसारी लगायतको सहभागिता रहेको थियो ।

वितरण गरिएको सम्पूर्ण खाद्य सामग्री उच्च गुणस्तरको रहेको फाउण्डेसनका अध्यक्ष सहाबुदिनले जनाएका छन् ।

Published : Saturday, 2020 April 11, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया