अर्थतन्त्र उकास्ने एक मात्रै उपाय कृषिः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोन भाइरसका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले शुक्रवार फेसबुक लाईभमार्फत नेपालको अर्थतन्त्रका आधारहरू उर्जा, पर्यटन र कृषिमध्ये उर्जा र पर्यटनको संभावना कोरोनाका कारण न्यून भएकाले कृषि मात्र विकल्प भएको बताए ।

उनले कृषिको विस्तारले मुलुकको आयत र रेमिट्यन्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए ।

पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरेर विचौलियाको राज अन्त्य गर्न जरुरी भएको बताए ।

उनले नेपालका उपयोग हुन नसकेका जमीनको उपयोगका लागि भूमि बैंक स्थापना गरि जग्गाको उपयोग गर्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले लकडाउनको अवस्थामा पनि कृषि उपजलाई बजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरेका छन् ।

पौडेलले किसानको उत्पादन नष्ट हुने तर वजारको अभावलाई अन्त्य गर्नका लागि कृषि लकडाउनको अवस्थामा पनि कृषि उपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरेका छन् ।

नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए । उनले जनताको सेवा र जनतालाई टेवा दिनका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।

Published : Friday, 2020 April 10, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया