राहत वितरणमा राजनीतिक पूर्वाग्रह भयोः कास्की कांग्रेस

पोखरा । नेपाली काग्रेस कास्कीले राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबलमाथि उठाउनुपर्ने जनाएको छ ।

सरकारले मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुनेभन्दै कांस्की कांग्रेस उनीहरूका लागि आवश्यक सुरक्षा सामग्री र सुविधासहित व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन माग गरेको हो ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरण समेत प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।

‘राहत अत्यावश्यक रहेको वर्ग मजदुर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘राहत नपाउँदा कष्टकर दैनिकी बिताउन बाध्य मजदुर र ज्यालादारी वर्गलाई यथाशीघ्र राहत उपलब्ध गराउँन माग गर्दछौं’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले राहत वितरणमा देखिएको राजनीतिक पूर्वाग्रहप्रति समेत आपत्ति जनाएको छ ।

Published : Friday, 2020 April 10, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया