कांग्रेस नेता बानियाँद्वारा तीन गाउँपालिकालाई आर्थिक सहयोग प्रदान

हेटौँडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एवम मकवानपुर कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले गाउँपालिकालाई दुई लाख रुपियाँ आर्थिक सहायता गरेका छन् ।

मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रमा रहेको कैलाश गाउँपालिकालाई कोरोना भाइरसविरुद्ध अभियानका लागि २ लाख रुपियाँ सहयोग गरेका हुन् ।

कोरोनाको जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले गाउँपालिकालाई बिहीबार २ लाख रुपियाँ सहयोग गरेका हुन् ।

कांग्रेस मकवानपुरका सभापति एवम् क्षेत्र नम्बर २ ‘ख’का सांसद बानियाँले गाउँपालिकाका अध्यक्षलाई दुई लाखको चेक हस्तान्तरण गरेका छन् ।

गाउँपालिकामा स्वास्थ्य सामग्रीहरूको अभाव देखिएको भन्दै बानियाँले कोरोनाको प्रकोपबाट बच्न चाहिने स्वास्थ्य सामग्रीहरू तत्काल उपलब्ध गराउन केन्द्र सरकार तथा प्रदेश सरकारसँग माग गरेका छन् ।

कांग्रेस नेता बानियाँले बुधबार राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गरेका थिए ।

Published : Thursday, 2020 April 9, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया