सिन्धुलीका दुई स्थानमा कांग्रेसद्वारा मास्कसहितकाे सहायता वितरण

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारलाई सहायता वितरण गरेको छ ।

सिन्धुली कांग्रेसका सभापति उज्वलप्रसाद बरालको निर्देशन र सिन्धुली–काठमाडौं सम्पर्क समितिका सभापति बिदुर वइबाको समन्वयनमा खाद्यान्न, मास्क, साबुनसहितका सहायता वितरण गरिएको हो ।

सम्पर्क समितिका उप–सभापति युवराज गुरुङ र सह–सचिव बलराम कार्कीको नेतृत्वमा सहायता विरतण गरिएको सिन्धुली–काठमाडौं सम्पर्क समितिका प्रवक्ता राजेन्द्र कार्कीले जानकारी दिए ।

समाजसेवीहरू बालकृष्ण गुरुङ, अमर (हेम) गुरुङ र घनश्याम गुरुङको विशेष सहयोगमा दुधौली नगरपालिका वडा नम्बर १४ को ११०० घरधुरीलाई सबुन र माक्स उपलब्ध गराइएको छ ।

दुधौली वडा नम्बर १४ नेपाली कांग्रेस वडा कार्यसमिति र तारा सुनुवारको विशेष अग्रसरतामा सहायता वितरण कार्य सम्पन्न भएको छ ।

र्गोलञ्जोर गाउँपलिकाको बिभिन्न वडाहरूमा युवा नेता तथा नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिका सदस्य सविन घिमिरेको नेतृत्वमा सहायता विरतण भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको सम्पर्क समितिले दुधौली नगरपालिकाका अन्य केही वडाहरूमा पनि सहायता बितरण गर्ने जनाएको छ ।

सहायताका लागि दाताहरू बालक्रिश्न गुरुङ, अमर गुरुङ, घनश्यम गुरुङ र युवराज गुरुङलाई विशेष धन्यवाद दिएको सम्पर्क समितिका प्रवक्ता कार्कीले जानकारी दिए ।

नेकपा र दुधाैलीका मेयरले वडा नम्बर १ मा कांग्रेसले मास्क वितरणमा अनियमितता गरेकाे आराेप लगाइरहेका बेला कांग्रेसले मास्कसहितका सामग्री वितरण सुरू गरेकाे छ ।

Published : Tuesday, 2020 April 7, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया